सिलबन्दी दरभाउपत्र आव्हानको सूचना : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, शिवालय र छेडागाड, जाजरकोट

मितिः २०७९ मङ्सिर १९ गते तद अनुसार सन् २०२२ डिसेम्बर ०५ (प्रथम पटक सूचना प्रकाशित)

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, शिवालय र छेडागाड, जाजरकोट

(बाँसखोला बस्नेउरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–८, गल्पापानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–५, कान्छाखेत लयटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–८, सेरा ओरालपाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–९,  सिमखोला मोर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, शिवालय–१,काफ्लीगाड कल्यान खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, छेडागाड–१३,सिमाधारा औलामुल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, छेडागाड–१३ )

शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी÷बहुउपयोगी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु :

प्याकेज १:

समुह क : एच.डि.पि.पाइप,  जि.आई.पाइप, फलामे छड ,ग्याविन तार, काँडेतार, जि.आई. फिटिङ्ग, ब्रास भल्व र औजारहरु  

समुह ख : सिमेण्ट

प्याकेज २:

फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री

खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन वमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरुः

  1. यो सूचना प्रकाशित भएको मितिले १२ दिन (२०७९ मङ्सिर १९ गते देखि २०७९ पुष ०१ गते) दिनको ५ बजे भित्र सिमखोला मोर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, शिवालय–१,मोर्कबजार जाजरकोट ,पहाडी क्षेत्र विकास अभियान -HRDC_ को फिल्ड कार्यालय, छेडगाड –५, थलह, जाजरकोट,पहाडी क्षेत्र विकास अभियान -HRDC_ को जिल्ला  कार्यालय, भेरी –४ , खलंगा जाजरकोट र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल कार्यालय विरेन्द्रनगर, सुर्खेतबाट सिलबन्दी दरभाउपत्र लिन सकिनेछ । साथै तल दिईएको लिङ्क बाट सिलबन्दी दरभाउपत्र download पनि गर्न सकिनेछ ।
  2. दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष ०४ गते तद अनुसार सन् २०२२ डिसेम्बर १९) दिनको १२ बजे भित्र सिमखोला मोर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, शिवालय–१,मोर्कबजार जाजरकोट र पहाडी क्षेत्र विकास अभियान (HRDC) को जिल्ला  कार्यालय, भेरी –४, जाजरकोट मा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी खाम बाहिर पेस गर्न चाहेको प्याकेज र संयुक्त खरिद समिति, शिवालय र छेडागाड, जाजरकोट भन्ने व्यहोरा लेख्नु पर्नेछ ।
  3. सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ पुष ०४ गते तद अनुसार सन् २०२२ डिसेम्बर १९) दिनको १२ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ ।
  4. दर्ता भएका दरभाउपत्रहरु २०७९ पुष ०४ गते सोमबार तद अनुसार सन् २०२२ डिसेम्बर १९ दिनको ३:०० बजे पहाडी क्षेत्र विकास   अभियान -HRDC_ को पालिका सम्पर्क फिल्ड कार्यालय, शिवालय –१, मोर्कबजार, जाजरकोट मा दरभाउपत्रदाता वा निजका   प्रतिनिधिको रोहवरमा खोलिने छ ।  दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
  5. आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी गर्नेछ । 
  6. दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझ्न परेमा ९८६८९५३१७३, ९८६०७६८०९३ र ०८३ ५२१०९२/५२१०९३ मा सम्पर्क राख्न सकिनेछ।
  7. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।
  8. दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु. २,५०,०००( अक्षरेपी दुई लाख पचास हजार मात्र) र प्याकेज २ को लागि रु. ४५,०००( अक्षरेपी पैँतालिस हजार मात्र) दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट सिमाखोला मोर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बैंक खाता नाम सिमाखोला मोर्क खानेपानी त. स. उ. (SIMAKHOLA MORKA KHANEPANI T. SA. UP.) मा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ।
  9. दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार संयुक्त खरिद समिति, शिवालय र छेडागाड ,जाजरकोटमा सुरक्षित रहनेछ ।

प्याकेज १ को BID DOWNLOAD गर्न यहा थिच्नुहोस 

प्याकेज २ को BID DOWNLOAD गर्न यहा थिच्नुहोस